देउवा फेरी प्रधानमन्त्री बन्ने पक्का , यसरी पुग्यो बहुमत

राजनीति समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २७ वैशाखमा प्रधानमन्त्रीले सांसदबाट विश्वासको मत लिने भएपछि सो प्रक्रियामा विपक्षी गठबन्धनलाई जोड्ने प्रयास गरेको छ।

पार्टीको केन्द्रीय समिति बैठकबाटै प्रधानमन्त्रीको राजीनामा माग गरिसकेको प्रमुख प्रतिपक्षी दल काँग्रेसले प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिने निर्णय पदाधिकारी बैठकबाट गर्दै छ। काँग्रेसले सो विषयमा छलफल गर्न आज २ बजे पदाधिकारीसहित पूर्व पदाधिकारीलाई छलफलमा बोलाएको छ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले पार्टी निर्णय अनुसार नै आफूलाई अघि बढाउने बताए। ‘पहिले नै निर्णय भइसकेको छ, प्रधानमन्त्रीको विकल्प खोज्ने विषयमा काँग्रेस तयार छ, अरू दलसँग पनि कुराकानी हुँदै छ,’ काँग्रेस वरिष्ठ नेता पौडेलले हाम्रा कुरासँग भने।

काँग्रेस सह महामन्त्री डा. प्रकाश सरण महतले सरकारको विकल्पका विषयमा विपक्षमा रहेका दलहरूसँग पहिलेबाट नै संवाद हुँदै आएको र पुनः छलफल हुने जानकारी दिए। ‘सरकारको विकल्प खोज्ने विषयमा सत्ता बाहिरका दलहरूसँग संवाद पहिलेबाट नै हुँदै आइरहेको छ, पुनः छलफलहरू भइरहेका छन्,’ काँग्रेस सह महामन्त्री महतले भने।

काँग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेकाले वर्तमान प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए।
उनले माओवादी केन्द्र र जसपाले समेत प्रधानमन्त्रीको विकल्प खोजिसकेकाले ती दललेसमेत प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए।

‘माओवादी केन्द्र र जसपाले समेत प्रधानमन्त्रीको विकल्प खोजिसकेका छन्, राजीनामा मागिसकेका छन्, ती दललेसमेत प्रधानमन्त्रीको विपक्षमा मतदान गर्छन्,’ निधिले भने।

काँग्रेसले आज बोलाएको पदाधिकारी बैठकमार्फत पार्टीको १४औँ महाधिवेशनको तयारी, क्रियाशील सदस्यताको छानबिन लगायतका विषयमा पनि छलफल गर्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बालुवाटार पुग्यो माधव नेपाल पक्षको २१ सांसदको सामूहिक राजीनामा ! नामावली सहित

काठमाडौं, २१ वैशाख । नेकपा एमालेका माधव नेपाल समूहका २१ सांसदले राजीनामा दिन लागेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको छ । उक्त समूहले राजीनामाको गर्न लागेको जानकारी गराएको प्रधानमन्त्रीनिकट स्रोतले पुष्टि गरेको छ ।

बालुवाटार स्रोतले भन्यो,‘हामीलाई राजीनामा दिन लागेको जानकारी आएको छ । तर यो उहाँहरुको घुर्की मात्र हो ।’ राजीनामा दिनलागेका सांसदहरु सबै माधव नेपाल र झलनाथ खनालसँग निकट हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिन लाग्दा नेकपा एमालेभित्र नयाँ घटना विकास हुन लागेको हो । प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमालेको हाल १२१ प्रतिनिधि सभा सदस्य संख्या छन् । नेपाल समूहका २१ प्रत्यक्ष निर्वाचितले राजीनामा दिएमा १०० मात्र बाँकी रहन्छ । त्यस्तो अवस्थामा ओलीको विश्वासको मत गुम्ने निश्चित प्रायः हुन्छ ।

ओलीले सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्ने सम्भावना पनि समाप्त हुन सक्छ । काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष मिलेर बहुमतको सरकार गठनको सम्भावना बलियो हुन्छ । जसका कारण ओली पदबाट हट्ने परिस्थिति निर्माण हुनसक्छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *