कोरोनाले बनायो ‘बालिका बधु’ को निर्देशकबाट ठे’लामा तरकारी बेच्ने तरकारीवाला

समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । मानिसको जिन्दगी न हो कतिबेला के हुन्छ थाहै हुँदैन । त्यसमा पनि यतिखेरको कोरोना भाइरसको कहरले जिन्दगीको पानामा नसोंचिएकै कथाहरु लेखिएका छन् । ती कथाहरुमा संघर्षलाई आत्मासाथ गर्नु एउटा चुनौति त छंदैछ साथै कोरोनाले नि’म्त्याएको भो’कमरीलाई पार गर्नु आजको यो परिप्रेक्षमा अर्को चुनौति बनेको छ ।

यस्तै चुनौतिको सामना गरिरहेका मध्यका एक हुन् टिभी सिरियल र फिल्मलाई निर्देशन गर्ने निर्देशक रामवृक्ष गौड पनि । कोरोनाका कारण देश नै लकडाउनमा चलिरहेको बेला न कुनै सिरियल बनाउन मिलेको छ न त फिल्म नै निर्देश गर्न । तर पनि जीउन न पर्छ नै त्यही जीउने जोहो गरिरहेका छन् निर्देशक रामवृक्षले पनि । उनी अहिले ठेलामा तरकारी बेच्न बाध्य भएका छन् । निर्देशक रामवृक्ष हाल उत्तर प्रदेशको आजमगढमा आफ्नो घरमा छन् । रामवृक्षले आफ्नो परिवारको पेट पाल्नका लागि यस्तो काम गरिरहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

निर्देशक रामवृक्ष गौडले रियल लाइफ र रिल लाइफ नितान्त रुपमा फरक हुने भारतीय सञ्चार माध्यमलाई बताएका छन् । उनी आफ्ना सन्तानलाई परीक्षा दिलाउनका लागि गृह जनपद आजमगढ आएका थिए । त्यतिबेलासम्म कोरोनाका कारण लकडाउन भयो । विमान र रेल सेवा बन्द भए ।

रामवृक्षले यशपाल शर्मा, मिलिन्द गुणाजी, राजपाल यादव, रणदीप हुडा, सुनिल शेट्टीजस्ता ठूला कलाकारको फिल्ममा सहायक निर्देशकको रुपमा पनि काम गरे । उनको फिल्मी उद्योगमा २२ वर्षको अनुभव छ । आजमगढ जिल्लाको निजामाबाद इलाकाको फराहाबाद निवासी रामवृक्ष सन् २००२ मा आफ्नो साथीको मद्दतले मुम्बई पुगेका थिए । उनले फिल्म इन्डष्टिमा आफूलाई स्थापित गर्नका लागि निकै मिहिनेत गरे ।

रामवृक्षले सुरुमा बिजुली विभागमा काम गरे, त्यसपछि टिभी प्रोडक्सनमा आए । अनुभव बढ्दै गएपछि निर्देशनको मौका पाए । तर कोरोनाको मारले यो क्षेत्रलाई यति प्रभावित पार्यो कि आज आफ्नो परिवारको पेट पाल्नका लागि उनले ठेलामा घुमीघुमी तरकारी बेच्नु परिरहेको उनी आफैले बताएका छन् ।

 

रौतहट। आफुहरुको ज्यान ख’तरामा छ भन्दै एक दम्पत्तीले प्रहरीलाई फोनमा खबर गरे । तर प्रहरी पुग्नु अगावै एक हुल पुग्यो र उनीहरुलाई आ’ क्र म ण गर्यो । श्रीमानलाई बचाउन खोज्दा श्रीमतीको ज्यान गएको छ भने श्रीमान ग’म्भिर अवस्थामा अस्पतालमा उपचारार्थ छन।

रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी आ’ क्र म ण भएको हो । उनीहरुलाई गाउँकै युवाहरुले आ’ क्र म ण गरेका थिए। श्रीमानलाई बचाउन खोज्दा महेशकी श्रीमती जगरामी देवीको नि’धन भएको छ । उनीहरुलाई ४ जनाले आ’ क्र म ण गरेका हुन्।

शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आ’ क्र म ण गरेका हुन् । प्रजित र सोनालाल दाजुभाई हुन् । साँझ चिया खाएर गफ गर्दै बसेका उनीहरुलाई एक समुह पुगेर ध ‘म्की दियो । उनीहरुको टोली गाउँतिर गएपछि ‘हामी ख’तरामा छौं’ भनेर दम्पत्तीले प्रहरीलाई फोन गरे।

तर प्रहरी समयमा पुगेन । प्रहरी नपुग्दै त्यो समुह फेरी फर्केर आएर दम्पत्ती माथि आ ‘क्र म ण गरेको हो । घ’टनामा संलग्नहरु अन्य ३ जना फ रा र छन् । ग’म्भीर घा’इते भएका महेशको बिरगञ्ज स्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ । उनको अवस्था ग’म्भीर छ । घ’टनामा संलग्न मध्येका स्थानीय बली मुखियालाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहाले जानकारी दिएका छन्।

असारमा मुखिया परिवार र दुवे परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । साक्षी बसेको विषयमा मुखिया परिवारले उनलाई ध म्की दिँदै आएको थियो । (रातोपाटीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *