माधव नेपाल पार्टी अध्यक्ष बन्दै !

राजनीति समाचार

काठमाडौं – नेकपा एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा ओलीले केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्ने क्रममा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताए ।सर्वोच्च अदालतले २०७७ फागुन २३ गते एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइदिए बमोजिम एकताका लागि हदैसम्म लचिलो हुन तयार रहेको ओलीले बताएका छन् ।

‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष दिने हो । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन म तयार छु,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।

अध्यक्ष ओली पक्षको ३ दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांशले पार्टीलाई विभाजन गर्न दिनु हुँदैन भन्ने आवाज उठाएका थिए । त्यसपछि ओलीले मही नै मथेर भएपनि एकताका निम्ति पहल गर्ने जवाफ दिए ।

नेता नेपाललाई समेत पार्टी एकताका लागि दबाब बढेको छ । नेपालले बुधवार आफू निकटका नेतासँग छलफल गरेका थिए । त्यसक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु मुकुन्द न्यौपाने र रघुजी पन्तले धारणा राखेका थिए । न्यौपानेबाहेक सबैले पार्टी एकता कायम राख्नुपर्ने, कार्यदलले दिएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न दबाब दिनुपर्ने, नेताहरुमाथि हुने गालीगलौज र अनैतिक गतिविधि रोक्नुपर्ने तथा स्पष्टीकरणका नाममा एकता र १० बुँदे सहमति कार्यान्वयनमा अवरोध गर्न नहुने बताएका थिए । नेता नेपालले पनि आफू सम्मानजनक एकताका पक्षमा रहेको बताएका छन् ।

नेपाल पक्षका नेता गोकर्ण विष्टले एकतामा असर पर्ने कुनै पनि कार्य नगर्ने विषयमा छलफल भएको बताएका छन् । विष्टले अर्को पक्षबाट त्यस्तो गतिविधि भइरहेकोतर्फ संकेत गर्दै त्यसले एकताविरोधी तत्वलाई बल पुग्ने बताएका छन् ।

‘संविधानको धारा ७६(५) प्रयोग गर्ने सन्दर्भमा सांसदले आफ्नो विवेक प्रयोग गरेका हुन् । जे सर्वोच्चले फैसला गरेको छ, त्यसबाट प्राप्त अधिकारलाई प्रयोग गरेको सन्दर्भमा २२ जना प्रतिनिधिसभा सदस्यमाथि जुन ढंगले स्पष्टीकरण सोध्ने काम गरिएको छ त्यसले एकताको वातावरणमा असर पार्न सक्छ,’ पार्टी सचिव समेत रहेका बिष्टले भनेका छन् ।

अर्का सदस्य रघुजी पन्तले कुनै पनि प्रकारको उत्तेजक कामकारबाहीले एकतामा असर पुर्‍याउने भएकाले त्यस्तो काम कतैबाट पनि हुनुहुँदैन भन्नेमा आफूहरु अडिग रहेको बताएका छन् ।

‘अदालतको फैसलाले प्रस्ट रूपमा ७६(५) को निर्णय गर्ने अवस्थामा सांसदलाई विवेक प्रयोग गर्ने अधिकार दिइसकेपछि त्यही विषयलाई निहुँ खोजेर स्पष्टीकरण सोध्नु राम्रो होइन । यसले कार्यदलको सहमति कार्यान्वयन गर्न समेत समस्या देखिएको छ,’ पन्तले भने ।

बैठकमा नेता नेपालले अहिलेको अवस्थामा आफूहरूको अडान र विचारले जितेको बताएका थिए । उपाध्यक्ष ज्ञवालीका अनुसार नेता नेपालले सम्मानजनक पार्टी एकताको पक्षमा लाग्ने जानकारी गराएका थिए । नेपाल पक्षको बैठकमा ओली पक्षबाटै पार्टी एकताविरोधी कार्य भइरहेकोमा चिन्ता व्यक्त गरिएको थियो ।

एकताका लागि भन्दै तेस्रो तहका नेता पनि सक्रिय भएका छन् । झपट रावल, राजबहादुर बुढा, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, सूर्य पाठक, कृष्ण दाहाल लगायतका १० जना नेताले दबाब अभियान सुरू गरेका छन् । यी नेताहरूले बिहीवार कार्यदलका सदस्यसँग भेटघाट गर्ने र शुक्रवार ओली–नेपाल दुबैलाई भेटेर एकताका लागि दबाब दिने तयारी गरेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

त्यसैगरी कोरोना भाइरसको सं’क्रमण अहिले वि`श्वकै सबैभन्दा ठूलो चि’न्ता`को विषय बनेको छ ।लगातार बढ्दै गएको सं’क्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ ।यो भाइ`रसले विशेष गरेर स्वास्थ`लाई गहिरो रुपमा असर पुऱ्याइ`रहेको छ ।

नेपालमा समेत सं’क्र`मण फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्प`तालहरुमा बेड खाली नभएका समा`चारहरु सार्व`जनिक भैरहेका छन् भने अक्सी`जनको अभावका कारण बिस्तारै मृ`त्युदर समेत बढ्न थालेको छ ।सं’क्रमणका कारण मृ’त्युको तथ्यांक पनि बढ्न थालेको छ ।विभिन्न स्थान`हरुमा सं’क्रमण पुष्टिको बारेमा कोरोना वरीक्षण पनि हुन सकि`रहेको छैन ।

यस्तै अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिस`हरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएको छ ।विशे`षज्ञका अनुसार यस प्रकारको उपाय`बाट आफ्नो स्वास्थ्य र श`रीरमा अक्सी`जनको स्थितिको बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

के हो ६ मिनेटको परीक्षण प्रकृया ?

विशे`षज्ञका अनुसार कोरोनाको दोस्रो लहरमा मानिस`हरुमा सास सम्बन्धि समस्या धेरै देखिएको छ ।परी`क्षणको अभावमा धेरै मानिस`हरुलाई संक्र`मण भएको धेरै समय`सम्म पनि थाहा हुँदैन र अचा`नक उनीहरुलाई समस्या भएको मह`सुस हुन शुरु हुन्छ । त्यस्ता मानिसको घरमा नै अक्सी`मीटरको उपयोग गर्दै श`रीरमा अक्सीजन सेचुरेश`नको प`रीक्षण गरि`रहनु पर्छ ।

६ मिनेटमा गरिने कस्तो परीक्षण ?

विशेषज्ञका अनुसार जुन मानिस`लाई कोरोनाको लक्षण मह`सुस भइरहेको छ, उसको प्रार`म्भिक रुपमा घरमा नै आफ्नो स्वा`स्थ परीक्षण गर्न सकिन्छ ।त्यसका लागि स`बैभन्दा पहिला अक्सी`मीटरको प्रयोगले सेचु`रेशन हेर्नु पर्छ र त्यसपछि ६ मिनेटसम्म नरोकि|कन सामान्य गतिमा हिंड्नु पर्छ ।६ मिनेट`पछि यदि अक्सीजनको स्तर ३ देखि ४ अंक भन्दा तल झऱ्यो भने त्यो व्यक्ति साव|धान हुनु आवश्यक हुनु पर्छ ।

उदाहरणका लागि पहिलो परीक्षमा अक्सी`मीटरको रिडिङ ९५ देखिएको छ भने ६ मिनेटसम्म हिँडे पछिको परीक्ष`णमा यदि घटेर ९२ भयो भने सतर्क हुनु आवश्यक छ । यसले फोक्सो`को स`मस्या र शरीरमा अक्सी`जनको कमीको संकेत दिएको हुन सक्छ ।त्यस्ता मानिसले तुरुन्त कोभिड परीक्ष`ण गराएर उचित उपचारको शुरुवात गर्नु आवश्यक छ ।

कस्ता व्यक्तिले यस्तो परिक्षण गर्नु हुँदैन ?

डाक्टरका अनु`सार जुन मानिसमा आस्थमा (दम) को समस्या छ, उसले यस्तो परिक्षण गर्नु हुँदैन ।यसबाहेक ६० वर्षभन्दा बढि उमेरका व्यक्तिले ६ मिनेटको ठाउँमा ३ मिनेट हिंडेर यस प्र`कारको परीक्ष`ण गर्न सक्छन् ।यस प्रकारको परीक्ष`णको माध्यम`बाट अक्सी`जनको कमी पत्ता लगाएर सही समयमा विरामीलाई अस्प`तालमा भर्ना गर्न सहयोग पुग्छ ।

अक्सीजनको स्तर बढाउने उपाय – विशेषज्ञका अनुसार यदि कुनै विरामीलाई फोक्सोमा स`मस्या देखिएको छ र उस`लाई तुरुन्त अक्सीजन प्राप्त हुन सकेन भने घरमा नै केही उपाय`लाई प्रयोगमा ल्याउन सकिन्छ ।

त्यस्ता विरामी`लाई कम्तिमा १ देखि २ घण्टा घोप्टे परेर सुत्न लगाउनु पर्छ ।यस्तो गर्दा फोक्सोलाई आराम प्राप्त हुन्छ र अक्सीज`नको स्तरमा सुधार हुन्छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *