ओलीबाट कसरी मा*रिएका थिए धर्म ढकाल ?

राजनीति समाचार

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसीर ५ गतेसम्म भएको जनयु’द्धलाई आं*तककारी गतिविधिका रुपमा चित्रित गर्दै आएका छन्। उनले आफ्ना लिखित दस्तावेज र मौखिक भाषणहरुमा प्रचण्डले जनयु*द्धमा मारिएका मान्छेहरुको जिम्मेवारी लिनुपर्ने बताउँदै आएका छन्। यति मात्र होइन, जनयु*द्धका क्रममा मा*रिएका १७ हजारमध्ये ५ हजार नागरिक मारिएको नैतिक जिम्मा प्रचण्डले लिनुपर्ने भन्दै उनलाई अन्तर्राष्ट्रिय अदालत हेगमा पुर्‍याउने चेतावनी पनि दिँदै आएका छन्।

तर, इतिहासका तथ्यहरुले प्रचण्ड होइन, ओली नै व्यक्तिहत्याको अभियोगमा १४ वर्ष लामो जेल बसेको प्रमाणित गरिसकेको छ। उनलाई व्यक्तिहत्याका अभियोगमा पञ्चायत सरकारले १४ वर्ष जेल सजाय दिएको थियो।

दश वर्ष लामो सशस्त्र जनयुद्ध प्रचण्डको नेतृत्वमा भएको थियो। तर, प्रचण्डले व्यक्तिगत रुपमा कसैमाथि आक्रमण गरेनन्। जनयुद्धको राजनीतिक कमाण्डर हुनुका नाताले दश वर्षको अवधिमा भएका राजनीतिक र फौजी कार्वाहीको नैतिक जिम्मेवारी लिने उनले बताउँदै आएका छन्। तर, जनयुद्धको क्रममा भएको क्षतिको निकै ठूलो हिस्सामा राज्यपक्ष जिम्मेवार छ। राज्य पक्षले चरम दमन नगरेको भए प्रतिरोधका श्रृङ्खला अगाडि बढ्दैनथे।

कसरी मा’रिए धर्म ढकाल ?

वि.सं. २०२८ सालमा त्यतिबेलाको मेची–कोशी प्रान्तीय कमिटीले झापा व्रिदोहको नेतृत्व गर्‍यो। त्यसको मूल उद्धेश्य सामन्तवादका वि’रुद्ध निर्णायक संघर्ष गर्नु थियो। सामन्तवादका विरुद्धको संघर्षमा तत्काल कम्युनिस्टहरुले सामन्त र जमिन्दारहरुमाथि भौतिक र राजनीतिक कार्वाही गरेका थिए। तर, त्यसमध्येका एक नेता केपी शर्मा ओलीको उदण्ड स्वाभावका कारण विद्रोह व्यक्तिहत्यामा केन्द्रित भएको भन्नेहरु प्रशस्तै छन्।

२०२९ सालमा झापाका धर्मप्रसाद ढकाललाई सुतिरहेको अवस्थामा हत्या गरिएको थियो, त्यसको प्रमुख योजनाकार थिए केपी शर्मा ओली। जतिबेला उनी २२ वर्षका युवा थिए। निदाएका ढकाललाई ओली नेतृत्वको टीमले खुकुरीले छप्काएर हत्या गरेको थियो। झापा विद्रोहका क्रममा ओलीले सामन्तवादका वि’रुद्ध राजनीतिक संघर्ष गर्ने, प्रचारात्मक कार्य गर्ने, जनतालाई संगठित गर्ने काम गरेनन्, अरु अनुमानका भरमा निहत्था नागरिकहरुको ह’त्यालाई प्रश्रय दिए, जसमध्ये एक गरिब किसान धर्मप्रसाद ढकाल पनि एक थिए।

प्रधानमन्त्री ओली झापामा मा’रिएका धर्मप्रसाद ढकाल र ज्ञानी ढकालका हत्याराका रोहवर साक्षी बसेका व्यक्ति हुन्। ज्यान मु’द्धा लाग्ने डरले उनी मोहनचन्द्र अधिकारीसँग भागेर भारतका विभिन्न शहर धुम्न र काम खोज्न गए। काम खोजें, भनेजस्तो काम पाएनन, फर्केर पश्चिम नेपालको बारा जिल्लाको कुनै गाउँमा मोहनचन्द्र अधिकारीसँगै आए। एउटा इलाकामा राजनीति प्रचार गर्ने उद्देश्य राखेर बसे। प्रशाासनले थाहा पायो। त्यस बेलाको पत्रिका राष्ट्र पुकारले मोहनचन्द्र अधिकारीलाई खोजेका तथ्यलाई व्यापक रुपमा प्रचार गर्दै थियो। फोटोसमेत छापिएको थियो। संयोगवश एउटा गाउँबाट अर्को गाउँ जाने क्रममा मोहनचन्द्र अधिकारी समातिए, उनैका साथी खड्ग ओली पनि गिरफ्तारीमा परे। त्यसपछि उनले ज्यान मुद्दामा १४ वर्ष जेलमा बिताए।

महेन्द्रमाला शिक्षा

२२ वर्षकै उमेरमा जेल परेका कारण ओलीलाई औपचारिक शिक्षा लिने अवसर जुरेन। जेल बसाइका क्रममा उनले राजा महेन्द्रले सित्तैमा बाँडेको विचार विज्ञान पुस्तकदेखि पञ्चायतको रक्षाका निम्ति उचिएका ‘महेन्द्रमाला’ प्रशस्तै पढे। आज ओलीमा जुन मण्डले राष्ट्रवादको गन्ध आउँछ, त्यो त्यही जेल बसाइको शिक्षा भएको उनलाई चिन्नेहरु दाबी गर्छन्। ओलीमा मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र, समाजवादी दृष्टिकोणको कुनै ज्ञान नहुनु र पूर्वीय साहित्यको ज्ञान हुनुमा त्यही नै मुख्य कारण थियो।

अहिले पनि ओलीमा कम्युनिस्ट सिद्धान्तप्रति कुनै मोह देखिँँदैन। न उनी मार्क्सवादी दृष्टिकोण राख्दछन्, न जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तप्रति नै उनको लगाव छ। यसको प्रमुख कारण जेल बसाइका क्रममा उनले लिएको ‘मण्डले शिक्षा’लाई मान्ने गरिएको छ।

राजनीतिक संघर्ष

झापा विद्रोह व्यक्तिहत्यामा केन्द्रीत हुँदै गएपछि पञ्चायती सरकारले चरम दमन गर्‍यो। कदमका कारण वामपन्थी शक्तिहरुमा ठूलो निरासा र भागाभागको स्थिति देखापर्‍यो। त्यसपछि बचेखुचेका झापालीहरुले २०२९ फागुन १६ देखि १९ भेला भई झापा जिल्ला कमिटीलाई बौराए, जसमा सिपी मैनाली, गोविन्द न्यौपाने, तारासाम योङ्गा, सीता खड्का, चन्द्र उप्रेती आदि थिए। यस कमिटिले पनि एक ‘‘असफल’’ २०३० असार २३ मा र एक ‘‘सफल’’ २०३० कार्तिकमा वर्गशत्रु ख’तम गर्‍यो। त्यसपछि भने झापामा कुनै ‘‘खतम’’ प्रयास भएनन्।

वि.सं. २०३० मंसिर ११ गते मोहनचन्द्र अधिकारी र केपी ओली जेलको पनि महाजेल गोलघरमा हालिएका थिए। गोलघर काठमाडौं केन्द्रीय कारागारको बीचमा छ। प्रचलनअनुसार जेलभित्र कसैले ज्यान मा’रेमा उसलाई गोलघरमा थुनेर सजाय दिइन्छ र गोलघरमा बसेर कसैको ज्यान मा’रे उसलाई पिँजराबासको सजाय दिइन्छ। जेलमा कुनै बन्दी पागल भयो भने उसलाई पनि अरू बन्दीहरूको सुरक्षार्थ गोलघरमा थुनिन्छ।

२०४४ सालमा ओली जेलअवधि पूरा गरेर बाहिर निस्किए। त्यसपछि उनी राजनीतिक गतिविधिमा संलग्न हुन थाले। ओली जेलजीवनबाट बाहिर आएपछि तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइरालासँग भेटेको र त्यतिबेलाको व्यवहार आफूलाई अस्वाभाविक लागेको भन्दै चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्कीले फेसबुकमा लामो स्टाटस लेखेका थिए, जुन स्टाटस ओलीको स्वाभाव बुझ्न काफी छ।

कार्कीले लेखेका थिए,

‘‘जेलबाट छुटेपछि एकदिन केपी ओलीले गिरिजाप्रसाद कोइराला भेट्ने इच्छा जाहेर गरे। मैले भेटको चाँजोपाँजो मिलाएँ। ऊ बेला गिरिजाबाबु चावहिल, मित्रपार्कमा बस्थे। समयमै हामी उनको निवासमा पुग्यौं। भुइँतलाको बैठक कक्षमा एकछिन हामीले कुर्नुपर्‍यो। अलिक एकछिनमा गिरिजाबाबु चिटिच्याट्ट परेर, दौरासुरुवाल, कालोटोपी र टल्कने कालै जुत्तामा बैठक कक्षमा उपस्थित भए।

उनको तुलनामा हामी अलिक ल्याङ्गफ्याङ्गे थियौं। ओलीजी दुब्लो पातलो, सर्ट र खुझ्मुझिएको पैन्ट, उसमाथि पेटी नलगाको, फ्याटफ्याटे स्यान्डलमा। म कुन चाहिँ गतिलो थें र ? सायद अरुले उतिखेर हाम्रो लवाइखवाइबारे कम्युनिस्ट यस्तै हुन्छन् भन्ने मान्यता राख्थे क्यारे।

हामीले शिष्टाचारमा नमस्कार साटासाट गर्‍यौं। गिरिजाबाबु टेवलको उसपार भित्तापट्टि कुर्सीमा, हामी टेबलको बगलमा रहेको कुर्सीमा। उसदिनको वार्ताको विषयवस्तु उस्तो चासोको कुरा भएन।

ओलीजीको प्रस्तुतिको हाउभाउ (बडी ल्याङ्गवेज) ले भने मलाई कम असहज महसुस भएन। गिरिजाबाबु जिज्ञासु र एकाग्र देखिन्थे। यता, ओलीजी झट्ट हेर्दा उनलाई वेवास्ता गरे (मिनिमाइज) जस्तो, उनका आँखा भित्तामा सजाइएका सोकेसको वस्तुमा घरि यता घरि उता टोल्याइरहेका, अनि बीचबीचमा फ्याट्टफ्याट्ट जवाफ दिने। बीचबीचमा म रफ्फु भर्थें।

सायद गिरिजाले उति राम्रो नमानेका पनि हुन सक्छन्। हुन त यो एजेण्डामा भेटभन्दा पनि शिष्टाचार भेट मात्रै थियो। तैपनि, हामी त्यहाँबाट बिदावारी भयौं। मलाई पटक्कै चित्त बुझेको थिएन।

बाहिर निस्कनासाथै मैले ओलीजीलाई कसिहालें, ‘होइन आज तपाईले के गर्नुभाको ? वार्ता त आमनेसामने हेराहेर गरेर पो हुन्छ त, वास्तै नगरेजस्तो, वरपर चारतिर आँखा डुलार पनि वार्ता हुन्छ त ? गिरिजाबाबुले के फिल गरे होलान् ?’ उनले बडो मार्मिक जवाफ दिए, ‘सोकेशमा दौडिएका आफ्ना नजरलाई सम्झिँदै।

जेलमा लामो समयसम्म बस्नेको एउटा समस्या हुँदो रैछ, हामीले त त्यस्ता नयाँनयाँ चीज देखेकै हुन्न नि, आँखा त त्यता गइहाल्दा रछन्।’ म झसङ्ग भएँ र चित्त बुझाएँ। आफ्नै धुन, आफ्नै संसार।’’

अघिल्लो महिना आफ्नै गृहजिल्ला तनहुँमा नेकपाका कार्यकर्ताले आक्रमण गरेपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक मुद्दामा नभएर व्यक्तिहत्याको कारण जेल परेको बताएका थिए। उनले भनेका थिए, ‘‘यो देशको प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको भनेर कस–कसले भन्नुभयो। होइन, ज्यान मुद्दामा बसेको हो’’ उनले भनेका थिए, ‘‘जोसमा आएर झापा काण्ड घटिहाल्यो, भुटन चौधरीको हत्या भइहाल्यो। अनि जेल परिहाल्यो। यो लोकतन्त्रका लागि हो ? केपी ओली मेरो अगाडि कुरा गरोस्।’’

जनआन्दोलनका बेला बलयगाढा चढेर अमेरिका पुगिन्छ ? भनेका ओली राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्रले सरकारको नेतृत्वमा पुगेको उनको दाबी छ। पौडेलले प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि समेत प्रश्न उठाएका थिए। ‘राष्ट्रवादको हिरो त अस्ति देखिहालियो नि। विदेशी गुप्तचरसँग तीन घण्टा के गरियो ? राष्ट्रवाद त्यही हो ?’ उनले प्रश्न गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *