रोग समेत नचिन्दा छोरालाइ समस्या भएर आ’श्रममा छोडे

समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ त्रिवेणी गाउँपालिका वडा नं. ४ गैरागाउँ सल्यान निवासी निमबहादुर शाहुलाई तीन बर्षअघि सडक प्यारो लाग्न थाल्यो। सडकमै सुत्ने, सडकमै खाने अवस्था आयो । फोहरमै बस्ने, फोहरमै सुत्न रमाउन थाल्नुभयो । दाह्री, कपाल बढ्दै गयो । कपडा फोहर र मैला भयो। घर परिवारबाट सधैं घर लैजान खोज्थे।

तर, निमबहादुर घरमा पुगेपनी भागेर सडकमै आईपुग्थे। मदिरा सेवन गर्ने निमबहादुरलाई विस्तारै मानसिक रोगले सताउन थाल्यो। त्यसपछि घर छाडेर सडकमै बस्न पुगे। सडकबाट उद्धार गरिएको दश महिना पछी उनै निमबहादुरलाई परिवारमा पुर्नस्थापना गरिएको छ।

निलसागर सेवा आश्रमले निमबहादुरलाई परिवारमा पुर्नमिलन गराएको हो । निमबहादुर जस्ता ५ जना व्यक्ति परिवार संग पुर्नमिलन गराइएको आश्रमका संयोजक प्रकाश बिष्टले बताए । ‘सडकमा आश्रीत मानवहरुको उद्धार र पुर्नस्थापनाको काम जारी छ । अहिले सम्म पाँच जनालाई परिवारमा पुर्नमिलन गराउन सफल भएका छौं’बिष्टले भने- ‘अहिले आश्रममा ३० जना हुनुहुन्छ ।’

बुवालाई घरमा फर्काउन पाउदा निमबहादुर शाहुका छोरा सुरेश खुसी छन् ।’बुवालाई घर लैजान धेरै कोशिस गर्‍यौं । तर, उहाँको मानसिक रोग सम्वन्धि उपचार गर्न सकेका थिएनौं । रोग समेच नचिन्दा हामीलाई समस्या थियो’छोरा सुरेशकुमार शाहुले भने-‘बुवालाई म यही आश्रममा दश महिना अघी छोड्न आएको थिएँ। तर, आज बुवालाई घर लैजादैछु ।’

आश्रममा घर परिवार भएका मान्छेलाई राख्दैनन् भन्ने सुनेर शाहुले आफ्नै बुवालाई चिन्दैन भनेर आश्रममा राख्नुपरेको बाध्यताको पोको दश महिनापछि खोले ।‘जसले कुटो कोदालो गरेर हुर्कायो । उसैलाई आश्रममा कस्ले छोड्न सक्छ र ? उतीबेलाको अवस्था अर्कै थियो। समयले परिस्थीले सब थोक गराउदो रहेछ’ उनले भने-‘बुवाको रोग पत्ता लाग्यो । उपचार पनि सुरु भयो ।

अब घरमै लगेर राख्छौं ।’ निमबहादुरलाई छोरा सुरेशले पहिला पनि घरमा लगेका थिए । तर, निमबहादुर भागेर सडकमा आउने समस्या बल्झिदै गएपछी उपचारको लागी आश्रममा राखिएको हो ।’बुवा निको हुन थाल्नु भएछ । अली मोट्टीनु भएको छ । आफै दिशा पिसाव गर्न सक्ने हुनुभए’ सुरेशले भने-‘पहिला त जहाँ खायो त्यही दिशा पिसाव गरिदिने अवस्था थियो ।’

 

दाङ त्रिवेणी गाउँपालिका वडा नं. ४ गैरागाउँ सल्यान निवासी निमबहादुर शाहुलाई तीन बर्षअघि सडक प्यारो लाग्न थाल्यो। सडकमै सुत्ने, सडकमै खाने अवस्था आयो । फोहरमै बस्ने, फोहरमै सुत्न रमाउन थाल्नुभयो । दाह्री, कपाल बढ्दै गयो । कपडा फोहर र मैला भयो। घर परिवारबाट सधैं घर लैजान खोज्थे।

तर, निमबहादुर घरमा पुगेपनी भागेर सडकमै आईपुग्थे। मदिरा सेवन गर्ने निमबहादुरलाई विस्तारै मानसिक रोगले सताउन थाल्यो। त्यसपछि घर छाडेर सडकमै बस्न पुगे। सडकबाट उद्धार गरिएको दश महिना पछी उनै निमबहादुरलाई परिवारमा पुर्नस्थापना गरिएको छ।

निलसागर सेवा आश्रमले निमबहादुरलाई परिवारमा पुर्नमिलन गराएको हो । निमबहादुर जस्ता ५ जना व्यक्ति परिवार संग पुर्नमिलन गराइएको आश्रमका संयोजक प्रकाश बिष्टले बताए । ‘सडकमा आश्रीत मानवहरुको उद्धार र पुर्नस्थापनाको काम जारी छ । अहिले सम्म पाँच जनालाई परिवारमा पुर्नमिलन गराउन सफल भएका छौं’बिष्टले भने- ‘अहिले आश्रममा ३० जना हुनुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *