झापामा कोरोनाले दुई महिने शिशु ल’ग्यो !

समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौं । कोरोनाले एक शिशु लगेको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना पुष्टि भएका कारण एक जना शिशुको ज्या’न गएको हो । भद्रपुर–८ का दुई महिने शिशुमा कोरोना भाइरसको पुष्टि भएको थियो । आफन्तले अस्पतालबाट शिशुको श’व बुझेर घर लगेको तीन घण्टापछि कोरोनाको रिपोर्ट आएको थियो । शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो । शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो । स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा नि’धन अस्पताल प्रशासनले जनाएको छ ।

 

२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु

काठमाडौं : थापाथली स्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शि’शुलाई जन्म दिएकी छन् । सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई ज’न्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए। पाँच मध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनु अघि नै मृ’,त्यु भइसकेको उनले बताए ।

सुवेदीको नेतृत्वमा श’ल्यक्रिया मार्फत बिहान मृ,त सहित ५ शिशुको जन्म भएको हो । अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको उनले बताए । जीवित शिशु चार छोरी छन्। मृतक शिशु भने छोरा थिए। उनको तौल ३०० ग्राम मात्र थियो । अपरेसनमा संलग्न चिकित्सक कृतिपाल सुवेदीका अनुसार चार शिशु र आमा सबै स्वस्थ छन्। ती शिशु १.८, १.९, १.६ किलोग्राम र ८०० ग्रामका छन्।

उनीहरूमध्ये ८०० ग्रामकी शिशुलाई एनआइसियूमा राखिएको छ। सोमबार बिहान ९:४१ मा अपरेसनमार्फत् शिशु निकालिएको डा. सुवेदीले बताए। अपरेसन अघि भिडिओ एक्सरे गर्दा चार शिशु मात्र देखिएका थिए। एक शिशुको मृ,त्यु भइसकेका कारण एक्सरेमा पनि नदेखिएको सुवेदीले बताए। पहिलोपटक ग’र्भवती तामाङले पाँच शिशुलाई एकैसाथ जन्म दिँदा चिकित्सक पनि छ’क्क परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *