ड’रलाग्दो को’रोना ! आइतवार विहानै १३ जनाको नि’धन पुष्टि, एकै परिवारका ८ जना सं’क्रमित !

समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । को’रोना सं’क्रमितको संख्या जस्तै नि’धन हुनेको संख्या पनि ड’रलाग्दो देखिन थालेको छ । शनिवार राति र आइतवार विहान मात्र को’रोनावाट १३ जनाको नि’धन भइसकेको समाचार आएको छ । बुटवलमा ३ , धरानमा ३, बांकेमा २ नोवेल अस्पताल, चितवन, धुलीखेल र धनगढीमा एक एक जनाको को’रोनाका कारण नि’धन भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवल ११ का ८४ वर्षीय पुरुष, को’रोना विशेष अस्पतालमा ७० वर्षीय पुरुष र एक महिलाको नि’धन भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन को’रोना सं’क्रमितको नि’धन भएको छ । सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान र धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा नि’धन भएको हो। नेपालगन्ज उपमहानगरपालिका १० का ८४ वर्षका पुरुष र कोहलपुर नगरपालिका( ८ गोल्छा टोलकी ७१ वर्षीया महिलाको भेरी अस्पताल नेपालगन्जमा नि’ध’न भएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुनसरी हरिनगरा–४ का ७१ वर्षीय वृद्ध र दुहवी –३ की ४० वर्षीया महिलाको निधन भएको छ । भरतपुर महानगरपालिका(१ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा नि’धन भएको छ । काभ्रेको धुलिखेल अस्पतालमा ५२ वर्षीय पुरुषको नि’धन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय को’रोना सं’क्रमित पुरुषको नि’धन भएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका ७ जलुके रांगकासमा एकै परिवारका ८ जनामा कोरोना भाइरस देखिएको छ। ५५ वर्षीया रिता खड्काको परिवारका ८ जनामा को’रोना देखिएको हो। उनको परिवारमा रहेका ३१ र २३ वर्षीय २ छोरा, २४ र १६ वर्षीया २ छोरी, २७ वर्षीय बुहारी, ढाइ वर्षीय एक नाती र ५ वर्षीया नातिनी समेत गरी ८ जनामा को’रोना देखिएको छ । एक छोरीको रिपोर्ट को’रोना नेगेटिभ आएको छ भने अर्की बुहारीको रिपोर्ट आउन बाँकी छ ।

घरका सबैलाई कोरोना देखिएपछि आफूहरु स(परिवार होम आइसोलेसनमा बसेको छोरा विशाल खड्काले बताए । उनले भने,’ शितगंगा नगरपालिका १२ को कोठियामैदानमा गएको पहिरोको उद्धार तथा राहात वितरणबाट आएपछि रुघा लाग्ने, ज्व’रो आउने भयो ।’

अर्को समाचार, सरकारले गरिब तथा वि’पन्नलक्षित ‘खरको छानो मुक्त अभियान’ थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको योजना अनुरूप सहरी विकास मन्त्रालयले ‘खरको छानो मुक्त अभियान’ सञ्चालनमा ल्याएको खबर आजको राजधानी दैनिकले छापेको छ। वि’पन्नका लागि ल्याइएको अभियानअन्तर्गत सरकारले विपन्नका घर खरमुक्त गरी टिनको छानो बनाइदिनेछ।

चालु आर्थिक वर्ष २०७७(७८ मा सातै प्रदेशका गरी १ लाख ४३ हजार २ सय १८ घरधुरी खरमुक्त बनाउने लक्ष्य छ। त्यसअनुसार खरको धुरीमुक्त अभियान तीव्रतासाथ अघि बढाइएको प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए ।

उनका अनुसार खर हटाएर टिनको धुरी बनाइनेछ । चालु आर्थिक वर्षमा १ लाख ४३ हजार २ सय १८ घर परिवारलाई खरमुक्त गर्न कुल ७ अर्ब १६ करोड ९ लाख बजेट विनियोजन गरिएको छ । विकास व्यवस्थापन विज्ञ थपलियाले खरको छानोमा बस्दै आएका नागरिकलाई टिन किन्न प्रतिपरिवार ५० हजार उपलब्ध गराइने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *