चर्को आवाज निकालेर टोल थ’र्काएको भन्दै २० मोटरसाइकल चालक का’रबा’हीमा

समाचार
SHARE

काठमाडौं : चर्को आवाज निकालेर टोल थर्काउने र मोटरसाइकलको स्वरूपसमेत परिवर्तन गर्ने २० जना चालक का’रबा’हीमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार उनीहरूलाई का’रबा’ही गरेको हो। ती चालकले ध्वनि प्रदूषण हुने गरी सहरमा कोलाहल म’च्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरूप परिवर्तन गर्ने, ला’पर’बाही ढंगले जि’गज्याक रूपमा चलाउने गरेको पाइएकाले का’रबा’ही गरेको महाशाखाले जनाएको छ।

ठूलो आवाजका कारण सहरमा ध्वनि प्र’दूषण हुनुका साथै दु’र्घटना बढेकाले क’डाइ गर्नुपरेको महाशाखा प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए। महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्र ३४ वटा मोटरसाइकल का’रबा’हीमा परेका छन्।

त्यसरी समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम १ हजार देखि १५ हजार रुपैयाँसम्म ज’रिवाना गराइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार चर्को आवाज निकालेर टोल थर्काउने र मोटरसाइकलको स्वरूप समेत परिवर्तन गर्ने २० जना चालक का’रबा’ही गरेको हो ।

२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु

काठमाडौं : थापाथली स्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शि’शुलाई जन्म दिएकी छन् । सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई ज’न्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए। पाँच मध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनु अघि नै मृ’,त्यु भइसकेको उनले बताए ।

सुवेदीको नेतृत्वमा श’ल्यक्रिया मार्फत बिहान मृ,त सहित ५ शिशुको जन्म भएको हो । अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको उनले बताए । जीवित शिशु चार छोरी छन्। मृतक शिशु भने छोरा थिए। उनको तौल ३०० ग्राम मात्र थियो । अपरेसनमा संलग्न चिकित्सक कृतिपाल सुवेदीका अनुसार चार शिशु र आमा सबै स्वस्थ छन्। ती शिशु १.८, १.९, १.६ किलोग्राम र ८०० ग्रामका छन्।

उनीहरूमध्ये ८०० ग्रामकी शिशुलाई एनआइसियूमा राखिएको छ। सोमबार बिहान ९:४१ मा अपरेसनमार्फत् शिशु निकालिएको डा. सुवेदीले बताए। अपरेसन अघि भिडिओ एक्सरे गर्दा चार शिशु मात्र देखिएका थिए। एक शिशुको मृ,त्यु भइसकेका कारण एक्सरेमा पनि नदेखिएको सुवेदीले बताए। पहिलोपटक ग’र्भवती तामाङले पाँच शिशुलाई एकैसाथ जन्म दिँदा चिकित्सक पनि छ’क्क परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *