पसल तथा व्यवसाय बन्द गर्न प्रशासनको आयो यस्तो निर्देशन

समाचार

दैलेख । जिल्ला पशासन कार्यालय दैलेखले जिल्ला सदरमुकामका होटल चियानास्ता पसल र रेष्टुरेन्ट वन्द गर्न निर्देशन दिएको छ । शुक्रवार सुचना जारी गर्दै जिल्ला पशासन कार्यालय दैलेखले होटल चिया नास्ता पसल र रेष्टुरेन्ट बन्द गर्न निर्देशन दिएको हो ।पछिल्लो समयमा जिल्ला सदरमुकाममा कोरोना भाईरसका विरामी बढदै गएपछि सुचना जारी गर्दै पसल,रेक्ष्टुरेन्ट र चियानास्ता,पसल समेत बन्द गर्न सुचना मार्फत जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

उनले भने, ‘दैलेख बजार क्षेत्रमा कोराना भाईरस पोजेटिभ देखिनेको संख्यामा दिनहुँ बढन थालेपछि सुचना मार्फत होटल पसल, चियानास्ता र रेण्टुरेन्ट बन्द गर्न निर्देशन दिएका हौं ।’जिल्लाका ११ वटा स्थानीय तह रहेको दैलेखमा हालसम्म १ हजार १७१ जनामा कोरोना पुष्टि भएको छ भने १ हजार १०९ जनाले कोरोनाले जितेर घर फर्किएका छन । कोरोना पुष्टि भएका चार जनाको मृ’त्यु भईसकेको छ भने ७० जना आईसोलेसनमा बसीरहेका छन् ।सुचनामा कोरोना भाईरस कोभिड १९ का कारण दैलेख बजार क्षेत्रमा होटल व्यवसाय गर्ने व्यवसायीहरु ठुलो संख्यामा संक्रमित हुँदै गएको अवस्थामा सं’क्रमण रोकथाम तथा नि’यन्त्रणका लागि होटल चियानास्ता पसल रेष्टुरेन्टहरु तत्कालको लागि बन्द गरिएको उल्लेख गरिएको छ ।

 

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *