काठमाडाैंमा घट्यो अर्को घ’टना, ग्लोबल आइएमई बैंकका सुरक्षा गार्डमाथि खु’कुरी प्र’हार

समाचार

काठमाडाैं । ग्यास सिलिन्डर बिस्फोट भएर ११ जना घा’इते भएको २ घण्टा नबित्दै काठमाडौंमा अर्को घ’टना घटेको छ । काठमाडाैंकाे मध्य बानेश्वरको ग्लोबल आइएमई  बैंकका सुरक्षा गार्डमाथि खु’कुरी प्र’हार भएको छ। बिहीबार दिउँसो पौने दुई बजे बैंकका गार्डमाथि एक व्यक्तिले खु’कुरीले प्र’हार गरी फ’रार भएको हो।सुरक्षा गार्ड रूद्र बहादुर घा’इते भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनको हातमा चो’ट लागेको छ भने उनको के एमसी अस्पतालमा उपचार भइरहेको उनले बताए।‘सेवाग्राहीहरू लाइन बस्ने क्रममा वि’वाद हुँदा ती व्यक्तिले गार्डको खुकुरी निकालेर प्र’हार गरेका थिए,’एसपी राठौरले भने,’ती मान्छेको पहिचान भइसकेको छ।

’ उनको खोजी भइरहेको एसपी राठौरले बताए।यसअघि आजै राजधानीको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर बि’स्फोट भएर आ’गलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आ’गलागी भएको महानगरीय प्रहरीले जनाएको छ ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *