भक्तपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

समाचार

काठमाडौं, १ कात्तिक । कात्तिक २ गते (भोलि)देखि भक्तपुरमा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित भएको छ । शनिबार (आज) जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरिएको जनाएको हो ।
जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डीसीसीएमसी), स्वास्थ्य विज्ञ, सरोकारवाला निकाय, सुरक्षा निकायसँगको छलफल एवं परामर्श परामर्शपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।

पछिल्लो समय काडमाडौं उपत्यकामा कोभिड-१९ सं’क्रमणको दर अत्याधिक रुपमा बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भीडभाड अत्यधिक भई सं’क्रमण सेवाग्राहीहरुमा समेत फैलन सक्ने उच्च जोखिम रहेका कारण अत्यावश्यक बाहेकमा अन्य सेवा स्थगित गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *