कमाउन कुवेत गएकी बहिनिको लास लिएर फर्किए दाइ

समाचार

कुवेत, १ कतिक – झापा मेचीनगर–२, भृकुटीकी २७ वर्षीया प्रज्ञा प्रधानको कुवेतमा भएको सवारी दु’र्घटनामा नि’धन भएको छ। अक्टोबर ९ तारिखका दिन प्रधान चढेको सवारीसाधनलाई अर्को सवारीसाधनले ‘ठ’क्कर दिँदा दुर्घटना भएको हो। कुवेतको आदान अस्पतालमा उपचारका लागि पुर्‍याइए पनि शनिबार बिहान उनको नि’धन भएको थियो।

प्रधानको शवलाई अक्टोबर १५ तारिखका दिन नेपाल पठाइएको छ। जनसम्पर्क समिति कुवेतका महामन्त्री कृष्ण पौडेलका अनुसार अक्टोबर गत शुक्रबार राति ड्यूटीबाट फर्किने क्रममा प्रधान चढेको कम्पनीको सवारी सधनलाई अर्को सवारीसाधनले ‘ठ’क्कर दिएको थियो।

उनलाई अस्पताल पुर्‍याई शल्यक्रिया गरिए पनि अत्यधिक रक्तश्रावका कारण शनिबार बिहान मृ’त घोषित गरिएको थियो। पौडेलले मृ’ तक प्रधान र उनकी दिदी रीता माया प्रधान कामबाट फर्किँदै गर्दा दु’र्घटनामा परेको बताए।

बाटोमा उनीहरू चढेको कम्पनीको कारलाई अर्को कारले ‘ठ’क्क’र दिएको र दुवै जनालाई आदान अस्पताल लगिएको थियो। प्रज्ञाको अपरेशन गरिए पनि बचाउन सकिएन। दुर्घटनामा रीता सामान्य घाइते भएकी थिइन्। प्रज्ञाको शव दिदी रीता र कुवेतमै कार्यरत दाजु बालकुमार प्रधानले नेपाल लिएर गएको छन्।

नेपाली राजदूताबास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले राहदानी नम्बर १०८०८७६५ भएकी प्रज्ञाको निधन को कारण सवारी दु’र्घटना रहेको बताए। कुवेतमा दुई वर्ष ६ महिनादेखि कार्यरत मृ’तक प्रधानको परिवारका सदस्य आफ्नै दिदी र दाई कुवेतमा भएकाले उनीहरूलेनै श’व लिएर जान दूतावासले सहजीकरण गरेको सिलवालले बताए।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *