‘मेरो खातामा आएको दसैं भत्ता फिर्ता लैजाउ, यस्तो विषम अवस्थामा कुनै सांसदलाई दशैं भत्ता दिनुपर्दैन’ : भिम रावल

राजनीति समाचार
SHARE

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावलले कोरोनाको कहरका विच गुज्रिएको बेलामा सांसदहरुले दशैं भत्ता लिन नहुने बताएका छन् । उनले विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गर्न माग समेत गरेका छन्।

आफ्नो बैंक खातामा दशैं भत्ता वापतको रकम जम्मा भएपछि उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो माग गरेका हुन् । सांसद रावलले आफ्नो खातामा दशैं भत्ता वापत जम्मा भएको पैसा पनि फिर्ता लैजान माग समेत गरेका छन् ।

रावलले आइतवार ट्वीट गर्दै आफ्नो खातामा रकम आएको जानकारी पाएको र उक्त रकम कट्टी गर्न मञ्जुरी रहको जानकारी दिएका छन् । सांसदहरुले भत्ता लिन नहुने भन्ने कुरामा आफ्ना समर्थन रहेको भन्दै फिर्ता लैजान आफ्नो मञ्जुरी रहेको जनाएका छन्।

‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो। हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस्, उनले भनेका छन्, सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ। उनले दसैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु नपर्ने समेत उल्लेख गरेका छन्।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *