अब होम आइशोलेसनमा सं’क्रमितको मृ’त्यु भए शव परिवारले नै व्यवस्थापन गर्नुपर्ने

समाचार

काठमाडौं, २ कात्तिक । सरकारले होम आइशोलेसनमा मृ’त्यु भएका कोरोना सं’क्रमितको श’व व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन गरेको छ । संशोधित निर्देशिका अनुसार होम आइशोलेसनमा सं’क्रमितको मृ’त्यु भए श’व परिवारले नै व्यवस्थापन गर्नुपर्ने छ ।

यसअघि सं’क्रमितको होम आइसोलेशनमा मृ’त्यु भए नेपाली सेनाको टोलीले ब्यवस्थापन गर्दै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संशोधित निर्देशिका जारी गर्दै कुनै व्यक्तिको होम आइसोलेसनमा मृ’त्यु भएमा स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गरेर सजगतका साथ श’व आँफै व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।

निर्देशिकामा अन्त्येष्टिमा सहभागीहरुले व्याक्तिगत सुरक्षाका सामग्री पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई र्‍याप गर्ने काम गर्नुपर्नेछ । त्यस्तै आइशोलेसनमा राखेको कोठाबाट गाडिसम्म शव पुर्याउने, शव बाहन नभएको ठाउँमा शव बोक्न प्रयोग हुने शाधन खट बोक्ने व्याक्तिले मृ’त शरीर नछुने गरी बनाउनुपर्ने उल्लेख छ

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *