दसैंभत्ताले पूर्वजनमुक्ति सेनाको उपचार गर्ने जनार्दन शर्माको घोषणा

राजनीति समाचार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य तथा सांसद जनार्दन शर्माले दसैँभत्ता बापत आएको रकम पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने घोषणा गरेका छन् ।नेता शर्माले दसैं भत्ता वापतको रकमले भेन्टिलेटर खरिद गर्न समेत सरकारलाई सुझाव दिएका छन् ।शर्माले कोरोना भाइरसको महामारीका कारण जनता उपचार नपाएर छट्पटाइरहेको अवस्थामा सांसदलाई दसैंभत्ता बाँड्नु उचित नहुने तर्क गरेका छन् ।

त्यस्तै सांसद शर्माले दसैं भत्ताको रकम कालिकोटका पूर्बजनमुक्ति सेना नरेन्द्र बोहराको उपचारमा सहयोग गर्ने घोषणा गरेका छन् । उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दसैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं । दसैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु’, उनले भनेका छन् ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *