ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन

राजनीति समाचार

काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र वि’वाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।
रिपोर्टर्स नेपालले विश्वस्त स्रोतबाट जानकारी पाए अनुसार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच ओलीलाई हटाउने सहमति बनेको हो । सहमति अनुसार प्रचण्ड कार्यकारीसहित अध्यक्ष बनेर पार्टी हाँक्ने र नेपाल प्रधानमन्त्री बन्नेछन् । यसमा दुवै नेताले सहमति बनाएको बुझिएको छ ।

प्रचण्ड र नेपालले आन्तरिक सहमति बनाएर वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलाई समेत सहमतिमा ल्याएको बुझिएको छ । खनाल र गौतम दुवैजना यसमा सकारात्मक भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । दुवै नेता ओलीप्रति असन्तुष्ट बन्दै आएका छन् । ओलीविरुद्ध गौतम आ’क्रामक रुपमा प्रस्तुत हुने तयारीमा रहेको बुझिएको छ ।गौतमले मन्त्रिमण्डल पुर्नगठन लगत्तै आफूलाई सरकारमा नलगिने निश्चित भएपछि २०७७ भित्रै केपी शर्मा ओलीलाई बालुवाटारबाट प्रधानमन्त्रीका रुपमा रहन नदिने निकटस्थसँग बताएको स्रोतले बतायो । मलाई पटक पटक धोका दिने अब म ओलीलाई प्रधानमन्त्री रहन दिन्न भन्दै गौतम ओलीइतरका नेताहरुमाझ कुर्लिएका थिए ।

यसअघि गौतमकै सहयोगमा ओलीको दुईपटकको सत्ता संकट टरेको थियो । माधव नेपालले उक्त घटनालगत्तै गौतमसँग असन्तुष्टि पोख्दै आएका छन् । उनले पाँच सचिवालय सदस्यको आन्तरिक बैठकमा पनि वामदेव गौतमले छ बुँदेले ओलीको सत्ता जोगिएको बताएका थिए ।ओलीलाई हटाउन सक्लान् ?
प्रचण्ड, माधव नेपाल, झलनाथ, वामदेव र नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेका छन् । यो सचिवालयको कुल सदस्यको बहुमत हो । ओलीले आफूसहित चारजना सचिवालयमा आफ्नो पक्षमा पारेका छन् । जसमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल छन् । सबै चारजना सरकारमा सहभागी छन् ।

सचिवालयमा ओली अल्पमतमा देखिन्छन् । स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा छन् । तर, पार्टी निर्णयले ओली सरकारबाट हट्नुपर्ने वाध्यात्मक अवस्था छैन । उनलाई हटाउन सक्ने संसदीय दलले मात्र हो ।ओली पक्षले संसदीय दलमा आफ्नो बहुमत दाबी गर्दै आएको छ । त्यसै कारण पनि ओलीलाई हटाउने दुईपटकको प्रयास प्रचण्ड र माधव नेपाल समूहबाट सफल भएन । उनीहरु ब्याक भए ।

ओलीले पार्टी फुटाउन सक्ने चर्चाले पनि नेताहरु हच्किए । वामदेव गौतमले पार्टी फुट्न नदिने भन्दै छ बुँदै ल्याए । उनले सरकारमा जाने आशामा सहमति गरेको विषय उठ्यो । प्रचण्डले पनि ओलीसँग सहमति गरे । तर, सरकार सञ्चालनमा प्रचण्ड निरिह जस्तै भए । मन्त्रिमण्डल पुर्नगठनमा उनको कुनै जोर चलेन । राजदूत नियुक्तिमा पनि प्रचण्ड हेरेको हेरै भए । यसकारण उनी आँधी अघिको सन्नाटा जस्तै भएका छन् । उनको निरिहतालाई कतिपयले कुनै ठुलो कदम चाल्ने तयारीका रुपमा बुझेका छन् ।

माधव नेपाल कुनै महत्वपूर्ण कदम चाल्दा सुनामी नै ल्याउँछु भन्छन् । यसपटक उनी सुनामी नै ल्याउने डिजाइनमा बढेका छन् । यसले अबको एक महिनाभित्र कुनै महत्वपूर्ण राजनीतिक घटना विकास हुने देखिएको छ ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *