चीनले यसरी पाइपमार्फत सिधै नेपालमा पेट्रोल पठाउने, भारतमा हंगामा, इन्धनमा भारतको एकाधिकार तोडिदैँ !

अन्तराष्ट्रिय समाचार

कोरियाली कम्पनि एसवाई प्यानलले ( SY Nepal) आफ्नो उत्पादन शुरु गरेको छ।फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्ता देखि उत्पादन शुरु गरेको हो।नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन्।बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्ची सम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ।

शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ।७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ । कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ।

सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ। यो प्रविधिले चितवन लगायत तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ ।त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै साबित हुने छ ।१२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *