नेकपा सांसदहरुको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुले पाएको दसैं भत्ता संस्थागत निर्णयबाटै फिर्ता गर्ने तयारी गरेको छ ।दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) का सांसदहरुको दसैँ भत्ता फिर्ता गर्ने तयारी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए ।

उनका अनुसार, सोमबार साँझभित्रै सांसदहरुको दसैँ भत्ता फिर्ता गरिएको बक्तव्य निकाल्ने तयारी भएको छ । ‘व्यक्तिगत रुपमा फिर्ता गराउने भन्दा पनि संस्थागत निर्णय गर्ने तयारीमा जुटेका छौं’, उनले भने ।नेकपाका सांसदहरुको दसैँ भत्ता फिर्ता गराउने गृहकार्यमा प्रतिनिधिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङ र भट्टराई खटिएका छन् । ‘प्रधानमन्त्रीसँग कुरा भइरहेको छ । दसैँ भत्ता कोरोना उपचारमा खर्च हुनेगरी फिर्ता गर्छौं’, प्रमुख सचेतक भट्टराईले भने ।

नेपाली का‌ंग्रेसले पनि सांसदहरुको दसैँ भत्ता फिर्ता गराउने निर्णय गरिसकेको छ । यसअघि नेकपाका केही सांसदहरुले दसैं भत्ता फिर्ता गरिसकेका छन् । नेकपासँग प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ सांसद छन्।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *