डा केसी अस्पतालबाट डिस्चार्ज

समाचार
SHARE

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।१९ औं अनसन तोडेर असोज २५ गतेदेखि अस्पतालमा उपचाररत डा केसी मंगलबार डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज भएका डा केसी आफ्ना भाइको घर सुकेधारा गएका छन् ।भदौं २९ गतेदेखि जुम्लाबाट अनसन शुरु गरेका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो ।

अनसनको २७ औं दिनमा गत असोज २४ गते राति १२ बजे शिक्षा मन्त्रालयको टोली र डा केसीबीच माग सम्बोधन गर्ने सम्झौता भएपछि डा केसीले २५ गते टिचिङ अस्पतालका सरसफाइ कर्मचारीको हातबाट जुस पिएर अनसन तोडेका थिए ।

लामो समयसम्म अनसन बस्दा बिरामी परेका डा केसी आइसीयुमा भर्ना भएका थिए । उनलाई केही दिन अघि आइसीयुबाट सामान्य वर्डामा सारिएको थियो स्वास्थ्य अवस्था ठिक भएपछि आज डा केसी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *