‘मुख्यमन्त्री शाहीको कँडेललाई चुनौती, ‘मुख्यमन्त्री बन्ने भए दुई वर्षपछि जितेर आउनुस्, म राजीनामा दिन्न’

राजनीति समाचार
SHARE

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध चर्किएको विवाद अहिले पनि साम्य भएको छैन । तत्कालका लागि समाधान निकालिएको भएपनि मुख्यमन्त्री र अर्का नेता यमलाल कँडेलको समुहबीचको दुरी भने नजिकिएको छैन । सांसद कडेलको नेतृत्वमा रहेको पूर्व एमालेको समुहले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव पेश गरे पछि विवाद उठेको हो । मुख्यमन्त्री शाहीले नेता कँडेलका लागि आफूले राजीनामा नदिने बताएका छन् ।

टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन’मा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ता मुख्यमन्त्री शाहीले दुई वर्षपछि जितेर मुख्यमन्त्री बन्न कँडेललाई चुनौती दिए । उनले आफूलाई सुरुदेखि नै कँडेलले असहयोग गर्दै आएको बताए ।

‘यमलाल कँडेलले मलाई सुरुदेखि नै मान्नु भएको छैन । उहाँले सुरुदेखि अटेरि गर्नुभएको छ’, शाहीले भने, ‘दुई वर्षपछि जितेर आउनुस् मुख्यमन्त्री बन्नुस् ।’ शाहीले कँडेलका लागि आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताए ।

अहिले आफ्नो पक्षमा बहुमत रहेको बताएका मुख्यमन्त्री शाहीले भने, ‘मेरो पक्षमा बहुमत छ । दुई घण्टाको लागि मात्रै हो यमलाल कँडेलको बहुमत । त्यसपछि सबै बहुमत मसँग छ ।’ शाहीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सात जना प्रदेश सांसदहरूले हस्ताक्षर फिर्ता लिएको पत्र आफूसँग सुरक्षित रहेको बताए ।

‘अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सांसदहरूले हस्ताक्षर फिर्ता लिएको पत्र मसँग छ’, उनले भने, ‘सात जनाले फिर्ता लिएका छन् ।’ शाहीले कर्णाली प्रदेश सरकार पुनर्गठन हुने सक्ने बताए । उनले प्रदेश सांसदहरू खरिद बिक्री गरेर आफूले बहुमत नपुर्‍याएको बताए । शाहीलाई सांसद खरिद बिक्रीको आरोप कँडेल समूहले लगाएको छ ।

‘आवश्यक्ता भयो भने मन्त्रिमण्डल पुनर्गठन गर्न सक्छु’, उनले भने, ‘सांसद खरिद बिक्री गरेको छैन । प्रमाण दिनुपर्छ । सांसद खरिद बिक्रीको प्रमाण उहाँहरूले दिन सक्नु हुँदैन ।’

मुख्यमन्त्री शाहीले गुलाबजंग शाहको प्रमुख सचेतकको पद फिर्ता नहुने चेतावनी दिए । उनले आफूविरुद्ध लाग्नुभन्दा अगाडि प्रमुख सचेतक पदबाट राजीनामा दिएर प्रदेश सांसदहरूलाई हस्ताक्षर गराउनुपर्ने थियो भनेका छन् ।

‘मेराविरुद्ध घरघरमा सहि गराउँदै हिँड्ने गुलाबजंग शाहको प्रमुख सचेतक पद फिर्ता हुँदैन’, मुख्यमन्त्री शाहीले भने, ‘मेराविरुद्ध लाग्न शाहजीले पहिला प्रमुख सचेतक पदबाट राजीनामा दिनुपर्छ ।’

कर्णाली प्रदेशको विवाद समाधानतिर जान खोजी रहेका बेला मुख्यमन्त्री शाहीले असन्तुष्ट पक्ष चिडिने गरेर अभिव्यक्ति दिएपछि पूर्वएमाले र पूर्वमाओवादीभित्री पुनः विवाद बाहिएर आएको छ ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *