फूलपातीबाट दसैंको विशेष चहलपहल : प्रहरीले बढायो निगरानी

समाचार
SHARE

विराटनगर : दसैंको विशेष चहलपहल सुरु भएसँगै मोरङ प्रहरीले शं’कास्पद व्यक्तिमाथि निगरानी बढाएको छ। प्रत्येक वर्ष फूलपातीबाट दसैंको विशेष चहलपहल सुरु हुन्छ। विगतमा चाडपर्वका बेला भएका अ’पराधिक गतिविधि र यस वर्ष हुन सक्ने सम्भावित घ’टनाको विश्लेषण गर्दै प्रहरीले प्रदेश १ को राजधानी विराटनगर लगायत मोरङको सुरक्षा व्यवस्था कडा पारेर लगेको छ।

शं’कास्पद गतिविधि गर्ने, चोरी, लु’टपाट, ड’कैती लगायतका अपराध गर्न खोज्ने, मापसे (मादक पदार्थ सेवन) गरेर होहल्ला एवं शान्ति सुरक्षाको अवस्था भ’ड्काउन खोज्नेमाथि विशेष ढंगले निगरानी बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

दसैं लगायत चाडपर्वका बेला अपराध गर्ने एवं अवैध तरिकाले लाभ उठाउन खोज्ने प्रयास कसैले गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर कारवाही अघि बढाइने उनको भनाइ छ। चाडपर्वका बेला हुनसक्ने अपराधिक घ’टना नियन्त्रण गर्न र सुरक्षा व्यवस्था कडा पार्न परिचालित प्रहरीको नेतृत्व एसपी खड्का आफैँले गरेका छन्।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *