लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालकै हिस्सा, भारत ह’ट्न ढिला गर्नुहुन्न: वरिष्ठ भारतीय पत्रकार

अन्तराष्ट्रिय समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच एकजना वरिष्ठ भारतीय पत्रकारले कालापानीसहितको भूभाग नेपालकै भएको बताएका थिए ।

भारतीय चर्चित टेलिभिजन आजतकअन्तर्गतको रेडियोसँग भएको संवाद वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले यस्तो बताएका थिए । उनै बर्माले फेरीपनि यो बिषय बाहिर निकालेका छन् ।

उनले कालापानी नेपालकै हिस्सा भएकाले नेपाललाई फिर्ता दिन भारतले ढिला गर्नुहुन्न भनेका छन् । उनले कालापानीमा भारतिय फौजको क्याम्प रहनु भनेको तत्कालिन राजा महेन्द्र वीर बिक्रम शाहले सहयोग स्वरुप केही समय बस्नका लागि स्थान उपलब्ध गराएको मात्र हो इतिहास कसैले भुल्नुहुन्न भनेका छन् ।सैले त्यहाँ रहेको भारतिय फौजको क्याम्प निशतर्फ भारत फर्किएर छिमेकीपन देखाउन उनले भारतलाई आग्रह गरेका छन् । उनले भनेका छन् । यो मेरो व्यक्तिगत धारणा हैन । यो इतिहास बोलेको हो । इतिहास कसैले भुल्नुहुन्न ।

भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको मत वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले आजतकमार्फत सार्वजनिक गरेका हुन्। यो विषयलाई दुवै देशले वार्ता गरेर समधान गर्न सकिने पनि उनले बताएका छन्।‘कालापानी नेपालको हिस्सा हो,’ पत्रकार बर्माले भनेका छन्,’ सन् १९६२ मा चीनसँग लडाएईँ हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो,’ उनले भने, ‘तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको हो।’

कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच पुरानो विवाद रहेको समेत उनले बताएका छन्। यो विषय बारम्बार चर्चामा रहेको उनले बताए । ‘दुवै देशका सरकारले यसको समाधानका लागि विलम्ब गरेका छन,’ उनले भनेका छन्,’ वार्तामा बसेर यसको समाधान गर्नुपर्छ। नेपालको जमिन भारतले लिन चाहँदैन। भारत एउटा ठूलो राष्ट्र हो।’ उनले भारतले हेपाहा व्यवहार गरिरहे नेपाल कतै ढल्किन सक्ने पनि बताएका छन्।’नेपाल चीनतर्फ ढल्किरहेको भारतले सोचेको छ,’

उनले भनेका छन्,’ दुवै छिमेकी राष्ट्र हुन्। चीन र भारत। भारतले सधैँ यस्तो व्यवहार गरेमा नेपालले सहयोगको लागि कतै न कतै हात फैलाउनु पर्ने अवस्था आउँछ।’ आजतक रेडियोको उक्त पोडकास्टमा नेपाली भूमिमा भारतीय सैनिक बसेकाले अब यसलाई वार्ताद्वारा समाधान गर्नुपर्नेमा जोड दिइएको छ। यदि भारतले ढिला गरे नेपाल चीनको पोल्टामा पुग्ने चिन्ता पनि जाहेर गरिएको छ।

यही विषयमा सांकेतिक शब्दमा खुशी व्यक्त गर्दा मात्रपनि नेपाली छोरी चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाको भारतभरी तिब्र आलोचना भएको थियो । बर्माले कोइरालालाई समेत समर्थन गर्दै भनेका छन् । मनिषा नेपालकी छोरी हुन् । देशप्रेम भन्दा ठूलो मानवमा केही हुन्न । उनी आफ्नो देशको पक्षमा सत्य बोल्न पाउनुपर्छ । भारतियलाई ठाउको दुख्नु बेकार हो भनेका छन् । आफ्नो रगतभन्दापनि प्यारो देशप्रेम देखाएर मनिषाले सचेत नागरिकको परिचय दिएको उनको विश्लेषण छ ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *