Breaking..प्रधानमन्त्रीले भने ‘जेसुकै गर मैले राजीनामा दिन्न, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो’

राजनीति
SHARE

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफु विरुद्ध भइरहेका गतिविधिका बारेमा कुनै जानकारी नभएको बताएका छन् । उनले कसैले विरोध गर्दैमा राजिनामा पनि नदिने स्पष्ट पारेका छन् । केही दिन यता सार्वजनिक कार्यक्रममा पनि देखिन थालेका प्रधानमन्त्री ओलीले बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

सञ्चारमाध्यममा हल्ला फैलिएको छ राजीनामाका बारेमा तर मैले किन राजिनामा दिने ? प्रधानमन्त्री ओलीले भने मैले राजिनामा दिनु भनेको देशलाई बार्बादीतिर लान दिनु हो । उनले केही ब्यक्तिहरुमा जे कुराको पनि विरोध गर्ने शैली भएकाले त्यही गरिरहेको प्रतिकृया दिएका छन् ।

उनले यस्तो बेलामा आफुले राजिनामा दिनै नहुने बताएका छन् । जनताको बहुमतले प्रधानमन्त्री बनेको भन्दै कसैले चाहदैमा राजिनामा नदिने स्पष्ट पारेका छन् । देशलाई बर्बादीतिर जानवाट वचाउन पनि आफुले राजिनामा नदिने उनले बताएका छन् ।

बाहिर के भइरहेको छ भन्ने बारेमा आफुले चासो नराखेको र त्यसबारे थाहा पनि नभएको टिप्पणी गरेका छन् ।
“बाहिर तयारी गर्दैछन् भन्ने सुनेको छु के को तयारी हो ? तर त्यसले केही पनि हुने वाला छैन ।

मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले म प्रधानमन्त्री भएको हो । उनले अस्थिरताको खेती गरिरहने आदत केहीमा भएकाले त्यसैको परिणाम भएको बताएका छन् । आफुले मुलुकमा स्थिरताका लागि काम गर्ने भएकाले त्यस्ताको पछि पनि नलाग्ने बताएका छन् ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *